Banking Khabar
Heading1

विश्वभर बेबी पाउडरको विक्री बन्द गर्ने योजनामा जे एण्ड जे

August 13, 2022
सेयर:

बहुराष्ट्रिय कम्पनी जोन्सन एण्ड जोन्सन (जे एण्ड जे) ले आफ्नो उत्पादन ‘बेबी पाउडर’ को विक्री बन्द गर्ने घोषणा  गरेको छ ।

कम्पनीले सन् २०२३ भित्रमा विश्वभर बेबी पाउडरको विक्री रोक्ने निर्णय गरेको हो। कम्पनीले बिहीवारउक्त जानकारी दिएको हो। दुई वर्षअघि कम्पनीले अमेरिकामा बेबी पाउडरको विक्री बन्द गरेको थियो।

अमेरिकामा हजारौं ग्राहकले मुद्दा दायर गरेपछि कम्पनीले यो निर्णय गरेको हो। कम्पनीले सन् २०२० मा अमेरिका र क्यानडामा ट्याल्कमा आधारित बेबी पाउडर विक्री गर्न बन्द गरेको थियो।

कम्पनीविरुद्ध अहिले पनि ३८ हजारभन्दा बढी मुद्दा चलिरहेका छन्। यसअघि धेरै महिलाले बेबी पाउडर प्रयोग गरेपछि पाठेघरको क्यान्सर भएको दाबी गरेका थिए । बारम्वारको कानूनी झण्झटबाट दिक्क भएर कम्पनीले यस्तो निर्णय गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

यसअघि संसारभरका लाखौं आफ्ना बच्चालाई बेबी पाउडर लगाउँदै आएका थिए । बेलायतमा रहेको उक्त कम्पनीका उत्पादनहरु साना बालबालिकाका लागि सुरक्षित मानिन्थ्यो।

अमेरिकी नियामकहरुले पनि उक्त कम्पनीको बेबी पाउडरमा क्यान्सर गराउने तत्व फेला पारेको दाबी गरेका छन्। तर, कम्पनीले यी आरोपहरु माथि निरन्तर अस्वीकार गर्दै आएको छ।

कम्पनीले घट्दो विक्रीका कारण उक्त उत्पादन  नै बन्द गर्ने निर्णय गरिएको बताएको छ।  कम्पनीले दशकौंको वैज्ञानिक परीक्षण र नियामक अनुमोदनहरुले यसको ट्याल्क सुरक्षित र एस्बेस्टोसमुक्त भएको देखाएको छ।

कम्पनीले आफ्नो पोर्टफोलियोको मूल्यांकन गरेपछि आफ्ना सबै बेबी पाउडर उत्पादन गर्दा ट्याल्कम पाउडरको साटोमा कर्नस्टार्चको प्रयोग गर्ने व्यवसायिक निर्णय लिएको छ । सन् १८९४ यता कम्पनीले जोनसन बेबी पाउडरको विक्रीवितरण गर्दै आएको थियो ।बीबीसी