अमेरिकी डलरले तोड्यो रेकर्ड, हालसम्मकै उच्च
नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको नेपाली विनिमय दर तोकेको छ । आजको लागि तोकिएको विनिमय दर अनुसार भारतीय रुपैयाँ १०० को नेपाली खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलरले भने आज नेपाली विनिमय बजारमा नयाँ रेकर्ड राखेको छ । अमेरिकी डलर आज पहिलो पटक सबैभन्दा उच्च विन्दुमा पुगेको छ । डलर एकको नेपाली खरिद दर १२९ रुपैयाँ ०८ पैसा र बिक्री दर १२९ रुपैयाँ ६८ पैसा पुगेको छ ।
त्यसैगरी, युरो एकको नेपाली मूल्य १२७ रुपैयाँ ५७ पैसा र बिक्री दर १२८ रुपैयाँ १६ पैसा, पाउण्ड स्ट्रलिङ एकको नेपाली खरिद दर १४६ रुपैयाँ ३४ पैसा र बिक्री दर १४७ रुपैयाँ ०२ पैसा, स्वीस फ्रयांक एकको १३१ रुपैयाँ ७९ पैसा र बिक्री दर १३२ रुपैयाँ ४१ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८५ रुपैयाँ ६७ पैसा र बिक्री दर ८६ रुपैयाँ ०७ पैसा रहेको छ ।
सम्बन्धित खबर
बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ खुल्ला, रिभर फल्स पावरको आज अन्तिम दिन
२७ मंसिर २०८२, शुक्रबार
प्राधिकरणको कम्पनीलाई विद्युत् व्यापार गर्न अनुमति, निजीलाई पनि दिने तयारी
२७ मंसिर २०८२, शुक्रबार
गभर्नर नियुक्ति : कस्तो व्यक्ति चाहन्छ सरकार ?, कसको लागि गरियो कार्यविधि संशोधन !
२७ मंसिर २०८२, शुक्रबार
