‘नाडा इभि एक्स्पो २०२२ को आज अन्तिम दिन
नाडा ईभी एक्स्पो २०२२ को आज अन्तिम दिन रहेको छ । नेपालमा पहिलो पटक विद्युतीय सवारीको भव्य प्रदशनी मेला भएको छ।
नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालले असोज ६ गतेदेखि ‘नाडा इभि एक्स्पो २०२२’ आयोजना गरेको हो ।
उक्त इभी एक्स्पोमा विद्युतीय सवारी साधन, पार्ट पुर्जा, विद्युतीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरूको भव्य प्रदर्शनी भईरहेको छ । एक्स्पोमा विश्वका चर्चित विद्युतीय सवारीका ब्राण्डहरु प्रदशर्ननमा राखिएको छ ।
आज समापनको दिन भृकुटीमण्डमा ईभी चौतारी अन्तर्गत विद्युतीय सवारीसाधन र राज्यको नीतिका विषयमा छलफल हुने नाडा अटोमोबाइल्स एशोसियसनका सचिव तथा इभी एक्स्पोका संयोजक अनुप कुमार बरालले जानकारी दिए ।
उनका अनुसार उक्त छलफलमा नेपाल राष्ट्र बैंक, नेपाल विद्युत प्राधिकरण, यातायात व्यवस्था विभाग लगायतका सरकारी र अन्य सरोकारवालाहरुको उपस्थिति रहनेछ ।
एक्स्पोमा ७ वटा ब्राण्डका चार पांग्रे, एउटा तीन पांग्रे, १६ वटा ब्राण्डका दुई पांग्रे, ३ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डका ब्याटरी, ९ वटा पार्ट–पुर्जा, ग्यारेज उपकरण कम्पनी को सहभागिता रहेको छ ।
सम्बन्धित खबर
उपत्यकामा अति विपन्न परिवारलाई १० हजार
२७ मंसिर २०८२, शुक्रबार
मानुषी लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, भाग्यमानी तीन जनाले पाए ११ कित्ता शेयर
२७ मंसिर २०८२, शुक्रबार
चालु आवको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने प्रक्षेपण
२७ मंसिर २०८२, शुक्रबार
