चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.६१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष ०८१/८२ को राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै उपभोक्ता मूल्यमा ४.६१ प्रतिशत वृद्धि हुने अनुमान गरेको हो ।
चालु आवको चैतसम्मको तथ्यांक र बाँकी अवधिका लागि तथ्यांकीय विधि अनुसार यस्तो प्रक्षेपण गरिएको कार्यालयले जनाएको छ । चालु आवको बाँकी अवधिमा अर्थतन्त्रमा कुनै झट्का नलाग्ने अनुमान कार्यालयको छ ।
बुधबार वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान गरेको छ । दोस्रो त्रैमासिकमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुगेको थियो ।