एशियन लाइफ इन्स्योरेन्सले लाभांश वितरण गर्ने

Heading2 BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को सञ्चित नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीले १४.५० प्रतिशत बोनस शेयर र ०.७६ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) गरी कुल १५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

यो प्रस्ताव बीमा समितिबाट स्वीकृति भई कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले लाभांश पाउनेछन्। हाल कम्पनीको चुक्तापुँजी दुई अर्ब ५३ करोड ९८ लाख ३५ हजार रुपैयाँ छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp