Banking Khabar
Heading1

अमेरिकी डलरको मूल्य बढ्यो, अस्ट्रेलियन डलरको घट्यो

April 26, 2023
सेयर:

नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank)ले बुधवारका लागि अमेरिकी डलरको (Dollar) विनिमय दर (Exchange rate) बढाएको छ । राष्ट्र बैंक (NRB)का अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ७७ पैसा र विक्रीदर १३१ रुपैयाँ ३७ पैसा छ ।

गत मंगलवार राष्ट्र बैंकले १ अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ७६ पैसा र विक्री दर १३१ रुपैयाँ ३६ पैसा तोकेको थियो ।

आज युरोको भाउ पनि बढेको छ । आज प्रतियुरोको भाउ खरीद दर १४४ रुपैयाँ ०७ पैसा र विक्री दर १४४ रुपैयाँ ७३ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १४३ रुपैयाँ ९१ पैसा र विक्री दर १४४ रुपैयाँ ५७ पैसा कारोबार भएको थियो ।

त्यसैगरी आज अस्ट्रेलियन डलरको भाउ भने घटेको छ । आज १ अस्ट्रेलियन डलरको खरीद दर ८७ रुपैयाँ ०५ पैसा र विक्री दर ८७ रुपैयाँ ४५ पैसा कायम भएको छ । अघिल्लो दिन १ अस्ट्रेलियन डलरको खरीद दर ८७ रुपैयाँ ३९ पैसा र विक्री दर ८७ रुपैयाँ ७९ पैसा कायम भएको थियो ।

आज १९ ओटा वाणिज्य बैंकको डलरको खरीद दर र विक्री दर राष्ट्र बैंकले निर्धारण गरेको मूल्यभन्दा बढी छ । एनएमबी बैंकमा डलरको खरीद दर सबैभन्दा कम १३० रुपैयाँ २५ पैसा छ भने विक्री दर १३१ रुपैयाँ ५० पैसा छ । त्यसैगरी एभरेष्ट बैंकको खरीद दर र विक्री दर राष्ट्र बैंकले निर्धारण गरेको मूल्यभन्दा कम छ