अमेरिकामा ब्याजदर घट्ने चर्चा : सुनको मूल्य हालसम्मकै उच्च
Heading1
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै गएको छ । शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ थियो ।
अमेरिकाकाको केन्द्रीय बैंक फेडरल रिजर्भ बैंकले ब्याजदर घटाउने चर्चाले अन्तर्राष्ट्रिय बजारमा सुन महँगिएको सञ्चारमाध्यम रोयटर्सले जनाएको छ । यो साता नै फेडरल रिजर्भ बैंकले सन्दर्भ ब्याजदर घटाउने करिब निश्चित भएसँगै लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
फेडले सेप्टेम्बर १७ वा १८ मा ०.५० प्रतिशत विन्दुले सन्दर्भ ब्याजदर घटाउने अनुमान छ । हाल फेडको सन्दर्भ ब्याजदर सीमा ५.२५ देखि ५.५० प्रतिशत छ ।
सम्बन्धित खबर
आणविक हतियारको होडबाजी विश्व शान्तिको खतरा : परराष्ट्रमन्त्री खड्का
१९ मंसिर २०८२, बिहीबार
बैंक वित्तीय संस्थाको आधार ब्याजदर अझै बढ्ने संकेत
१९ मंसिर २०८२, बिहीबार
लघुवित्तको समस्या समाधान गर्न समिति गठन, राष्ट्र बैंकले माग्यो सुझाव
१९ मंसिर २०८२, बिहीबार
