बैंक, वित्तीय संस्थाहरूको निक्षेप ३.८ प्रतिशतले बढ्यो
चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप २ खर्ब ४५ अर्ब ३४ करोड (३.८ प्रतिशत) ले बढेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा यस्ताे वृद्धिदर ७.० प्रतिशत रहेको थियो । उक्त समय ३ खर्ब ९७ अर्ब २० करोड रूपैयाँ निक्षेप वृद्धि भएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार २०८१ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप वार्षिक आधारमा ९.७ प्रतिशतले वृद्धि भएको छ । २०८१ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती खाताको अंश ५.२ प्रतिशत, बचत खाताको अंश ३४.८ प्रतिशत र मुद्दती निक्षेपको अंश ५२.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६.२ प्रतिशत, २७. ४ प्रतिशत र ५९. ८ प्रतिशत रहेको थियो ।
२०८१ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.३ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ३६.४ प्रतिशत थियो ।
सम्बन्धित खबर
२,००४ जनामा कोरोना संक्रमण, १,८४६ जना निको, १६ को मृत्यु
सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रतिवेदन वेब पोर्टलबाटै पेश गर्न राष्ट्र बैंकको निर्देशन
साल्ट ट्रेडिङ कर्पोरेशन वार्षिकोत्सव विशेष : अनवरत सेवामा, विपद्मा पनि सहज सेवा, थुप्रै पुरस्कार तथा सम्मान
