यस बर्षको मौद्रिक नीति भित्र समावेश केहि व्यवस्था

Heading3 BusinessSarokar | २७ मंसिर २०८२, शुक्रबार

 

साउन २९, काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति केहि बेर अगाडि सार्बजानिक गरिएको छ । गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रमका बीच नीति सार्वजनिक गरे ।

यसभित्र बैंक तथा बित्तिय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात ३ प्रतिशतको विद्यमान व्यबस्थालाई कायम गरिएको छ । साथै बैंक तथा बित्तिय संस्थाले अन्तिम ऋणदाता सुविधालाई पनि ५ प्रतिशत कायम गरिएको छ । कृषि लघु तथा घरेलु क्षेत्रमा कर्जा प्रवाहलाई थप उत्साहित बनाउन गाउँ तथा नगरपालिकाको सरकारी कारोवार सञ्चालन गर्ने वाणिज्य बैकका शाखाहरुबाट कृषि लघु तथा घरेलु कर्जा सम्वन्धि फोकल टेष्टको समेत व्यबस्था मिलाईने भएको छ ।

विपन्न वर्गकर्जालाई लघु घरेलु तथा मझौला कर्जामा परिमार्जन गरिने भएको छ । कोभिडबाट प्रभावित उद्योगहरुलाई पँजीको व्यवस्था सहित सहुलियत प्रदान गरिने भएको छ ।

कृषी लगाएका क्षेत्रहरुमा अनिबार्य बीमा सहित विभिन्न २० लाख बराबरको सहुलियत कर्जा प्रवाह गरिने भएको छ । कोभिड १९ बाट देशका अघिकाश युवा शक्तिहरु बेरोजगार भएकाले पलायन हुनेको संख्या बढ्ने अनुमान गरिएको छ । यसबाट विप्रेशण बृद्धि भई आर्थिक पुनरुत्थान हुने सम्भाबित लक्ष्य लिइएको छ । मुद्रा स्फिति भने ४.७० रहने अन्तराष्ट्रिय मुद्रा कोषको वाणि दोहोराउदै नेपालको सन्दर्भमा पछिल्लो समय मुद्रा स्फिती नियन्त्रणमा रहेको बताएका छन् ।

निक्षेप संकलन दरलाई १ प्रतिशत बाट बढाएर २ प्रतिशत पुर्याइएको छ । मर्जर मा जाने बैंक तथा वित्तिय संस्थाहरुलाई पहिला भन्दा विशेष सुविधा समेत प्रदान गरिने भएको छ ।

 

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp