Banking Khabar
Heading1

११ महिनामा विकास बैंकको नाफा १३.८१% ले वृद्धि

July 16, 2025
सेयर:

चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा विकास बैंकहरूले ५ अर्ब ३० करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १३.८१ प्रतिशतले बढी हो।

गत वर्षको सोही अवधिमा विकास बैंकहरूले जम्मा ४ अर्ब ६५ करोड ७३ लाख रुपैयाँ नाफा कमाएका थिए। वित्तीय क्षेत्रको सुधार, कर्जातर्फको आकर्षण र सञ्चालन खर्चमा नियन्त्रणले नाफा बढाएको विश्लेषण गरिएको छ।

मुक्तिनाथ शीर्ष 

उल्लेखित अवधिमा सबैभन्दा धेरै नाफा कमाउने बैंक मुक्तिनाथ विकास बैंक रहेको छ। बैंकले १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

त्यस्तै, अन्य प्रमुख नाफा आर्जक बैंकहरू निम्न छन्:

गरिमा विकास बैंक – १ अर्ब १ करोड

शाइन रेसुङ्खा डेभलपमेन्ट बैंक – ७३ करोड ८८ लाख

कामना सेवा विकास बैंक – ६६ करोड ९३ लाख

सांग्रिला डेभलपमेन्ट बैंक – ५६ करोड २९ लाख

महालक्ष्मी विकास बैंक – ५३ करोड ४४ लाख

अन्य विकास बैंकहरूले पनि उल्लेख्य नाफा आर्जन गरेका छन्, जसमध्ये:

ज्योति विकास बैंक – ४३ करोड ६४ लाख

लुम्बिनी विकास बैंक – २१ करोड ७३ लाख

मितेरी डेभलपमेन्ट बैंक – ११ करोड ३५ लाख

सिन्धु विकास बैंक – ८ करोड ६ लाख

ग्रीन डेभलपमेन्ट बैंक – २ करोड ७५ लाख

कर्पोरेट डेभलपमेन्ट बैंक – १ करोड ९५ लाख

घाटामा तीन बैंक

यस अवधिमा केही विकास बैंकहरू घाटामा पनि रहेका छन्। सबैभन्दा धेरै घाटा व्यहोर्ने बैंकमा एक्सेल डेभलपमेन्ट बैंक परेको छ, जसले ७ करोड १३ लाख रुपैयाँ घाटा व्यहोरेको छ।

नारायणी डेभलपमेन्ट बैंक – ७ करोड ५ लाख घाटा

कर्पोरेट डेभलपमेन्ट बैंक – २ करोड ६४ लाख घाटा

राष्ट्र बैंकको तथ्यांकअनुसार कुल रूपमा विकास बैंकहरूको वित्तीय अवस्था सुदृढ हुँदै गएको छ। तर, केही बैंकहरू अझै पनि जोखिममा रहेका कारण व्यवस्थापन सुधार, लगानी विविधीकरण र कर्जाको गुणस्तरमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।