नबिल बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ९आइक्यान०को प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । आइक्यानले आर्थिक वर्ष २०२३—२४ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा बैंकको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि बैंकिङ क्षेत्रमा अब्बल ठहर गर्दै ‘उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४’ले सम्मान गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच महालेखापरिक्षक तोयम रायले बैंकका वित्त प्रमुख सन्दिप बाबु पौडेललाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए ।
बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदन नेपालको तर्फबाट दक्षिण एसिया फेडेरेसन अफ एकाउन्टेन्टस् ९साफा०ले दक्षिण एसियाली स्तरमा आयोजना गर्ने साफा बिपिए अवार्डका लागि समेत मनोनित हुनेछ ।
नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ ।