गरिमा विकास बैंकलाई इमर्जिङ एशिया बैंकिङ कन्क्लेभ अवार्ड
गरिमा विकास बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शले बैंक तथा वित्तीय संस्थाहरूलाई प्रदान गर्ने दक्षिण एसियाकै प्रतिष्ठित अवार्ड इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस्बाट सम्मानित भएको छ ।
भदौ १३ गते (अगस्ट २९, २०२५)मा इण्डियन च्याम्बर अफ कर्मशले भारतको नयाँ दिल्लीमा आयोजना गरेको तेश्रो इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस् कार्यक्रममा गरिमाले द बेस्ट बैंक र बेस्ट एआइ/एमएल इम्प्लिमेन्टेसन विधामा उत्कृष्ट सहित बेस्ट एमएसएमई Best MSME Acceleration विधामा रनर–अपको अवार्ड प्राप्त गरेको हो ।
यस अवार्डमा नेपाल सहित भारत, बंगलादेश, म्यानमार र श्रीलंकामा रहेका बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको थियो ।
शुक्रबार आयोजित उक्त कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले संयुक्त रुपमा उक्त अवार्ड ग्रहण गरेका थिए ।
इण्डियन च्याम्बर अफ कर्मसद्वारा सन् २०२४ मा आयोजित दोश्रो इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस कार्यक्रममा समेत यस विकास बैंकले बेस्ट एसेस्ट म्यानेजमेन्ट विधामा रनर–अपको रूपमा अवार्ड प्राप्त गरेको थियो ।
उक्त उपाधिले आफ्ना ग्राहकहरुलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यमा थप उर्जा प्रदान गरेको बैंकले जनाएको छ । सो अवसरमा विकास बैंकलाई निरन्तर साथ, सहयोग एवं माया गर्नुहुने सम्पूर्ण ग्राहकहरू, नियमनकारी निकायहरू, सेयरधनीहरू एवं शुभचिन्तकहरूप्रति कृतज्ञता ज्ञापन गरेको छ ।
साथै, यस विकास बैंकलाई निरन्तर उत्कृष्ट विकास बैंकको रूपमा स्थापित गर्न आफ्नो कर्तव्य पालनामा अहोरात्र खट्नुहुने सम्पूर्ण कर्मचारीहरूप्रति आभार व्यक्त गरेका छन् ।
हाल विकास बैंकका देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमका साथै नविनतम डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।
