निगमले फेरि बढायो इन्धनको भाउ‚ १५ रुपैयाँ बढ्यो पेट्रोल र डिजेल

२० चैत्र २०८२, शुक्रबार ०६:११

नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भन्दै पेट्रोल/डिजेल/मट्टितेलको फेरि प्रतिलीटर १५ रुपैयाँले मूल्य बढाएको छ ।

निगमले बिहीवार साँझ विज्ञप्ति जारी गर्दै एलपी ग्यासको मूल्य भने यथावत् राखी पेट्रोल/डिजेल/ मट्टीतेलमा मूल्य बढाउन बाध्य भएको बताएको हो । बढेको मूल्य शुक्रवारदेखि लागू हुनेछ ।

निगमले विज्ञप्तिमा ‘अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्य वृद्धि भइरहँदा र सोहीअनुसार मूल्य समायोजन हुन नसक्दा घाटा रकममा उल्लेख्य वृद्धि भई इण्डियन आयल कर्पोरेशनलाई भुक्तानी दिन नसकिने अवस्था सिर्जना हुने देखिएको छ’ उल्लेख गरेको छ ।

निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट हालसम्म मागबमोजिमको परिमाणमा पेट्रोलियम पदार्थको आपूर्ति भइरहेको भए तापनि समयमै भुक्तानी गर्न नसक्दा इन्धन आपूर्ति शृंखला प्रभावित हुनसक्छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *