Banking Khabar
बैंकिङ

मेगा बैंकले एकैसाथ थप्यो ५ वटा नयाँ शाखा

August 15, 2021
सेयर:

३१ साउन, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आज ५ वटा नयाँ शाखाहरु विस्तार गरेको छ ।

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० विराटचोकमा, उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ११ गाइघाटमा, रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ चन्द्रपुरका, चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ६ सौराहामा र कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ६ गौरीघाटमा शाखाहरु विस्तार गरेको हो ।

बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलका अनुसार यी शाखाहरुबाट बैंकिङ कारोबारको प्रारम्भ आइतबारबाटै भएको जानकारी दिएका छन् ।