शिक्षकलाई ५० लाखसम्मको गाडी किन्न ब्याजमा ८० प्रतिशतसम्म सरकारी सहुलियत प्रस्ताव

Heading1 BusinessSarokar | १९ पुष २०८२, शुक्रबार

२३ असोज, काठमाडौं । शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले ५० लाख रुपैयाँसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाख रुपैयाँसम्मको सवारी साधन खरिद गर्न सक्नेछन् ।

त्यस्तै, माध्यमिक तह तृतीय श्रेणी, निम्नमाध्यमिक तथा प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाख रुपैयाँसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

नियमावलीमा बैंकमार्फत सवारी साधन खरिदका लागि गरिने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज सरकारले सहुलियतस्वरूप व्यहोर्ने प्रस्ताव गरिएको छ । शिक्षकले बाँकी २० प्रतिशत रकम आफैँ व्यवस्थापन गर्नुपर्नेछ ।

प्रस्तावित व्यवस्थाअनुसार शिक्षक सेवामा बहाल रहेको अवधिसम्म सम्बन्धित बैंकले निर्धारण गरेको किस्तागत ब्याज सरकारले व्यहोर्नेछ । उक्त नियमावली अर्थ मन्त्रालयको सहमतिपछि अघि बढ्नेछ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp