लुम्बिनी जनरल इन्स्योरेन्सको १२२,२८७ कित्ता संस्थापक सेयर बिक्रीमा
लुम्बिनी जनरल इन्स्योरेन्सको १२२,२८७ कित्ता संस्थापक सेयर बिक्रीको लागि कम्पनीले सार्वजनिक सूचना निकालेको छ। कम्पनीले सूचना प्रकाशन गरेको ३५ दिन भित्र हाल कायम रहेको संस्थापक सेयरधनीलाई निवेदन दिन आवहान गरेको हो। लिन इच्छुकले न्यूनतम १० हजार कित्ताको लागि निवेदन दिनु पर्ने छ र प्रति कित्ताको लागि न्यूनतम रु २५० हाल्नुपर्ने पनि जानकारी गराएको छ। सेयरको
सेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दै, डिम्याट खोल्नेको संख्या ५० लाख नजिक
पछिल्लाे समय सेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दै गइरहेकाे छ । नयाँ लगानीकर्ता थपिने क्रम दिनानुदिन बढ्दै गइरहेकाे छ । आईपीओबाट लगानीकर्ताहरूले राम्रो आम्दानी हुने देखेपछि सेयर बजाप्रति सर्वसाधारणको क्रेज बढेको छ । आजकाल रेष्टुरेन्ट र चिया पसलदेखि स्कुल कलेजका कक्षा कोठासम्म सेयर बजारको चर्चा हुने गरेको देखिन्छ । कम मेहेनत गरी राम्राे मुनाफा हासिल गर्न
आईपीओ निष्कासनको तयारीमा यी ७ लघुवित्त
सात लघुवित्त वित्तीय कम्पनीहरुले आईपीओ निष्कासनको तयारी गरेका छन् । कुल २३ लाख ४ हजार ५८६ कित्ता आईपीओ निष्कासनको तयारी गरिएको हो । ७ ओटा कम्पनीमध्ये तीन कम्पनीले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका छन् । सिवाईसी नेपाल लघुवित्त, आर्दश लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्थाले आईपीओ
साना लगानीकर्ताको सुरक्षा प्रत्याभुत हुने वातावरण बनाउने ; नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष
नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले पुँजी बजारमा साना लगानीकर्ताको सुरक्षा प्रत्याभुत हुने वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । आइतबार धितोपत्र बोर्डमा पदभार ग्रहण गर्दै हमालले बहुसंख्यक लगानीकर्ता साना रहेकाले उनीहरुको अस्तित्वविना बजारमा स्थायित्व कायम गर्न नसकिने बताए । पुँजीबजारको नियामक निकायको नेतृत्वमा रहँदा आफूले बजारको विकास र विस्तारका साथै सुशासन कायम गर्न
राष्ट्र उत्थान लघुवित्तको आईपीओ भर्ने आज अन्तिम मौका
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ४ गते, बुधबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज (फागुन ८ गते, आइतबार) अन्तिम दिन रहेकाे छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेकाे हाे । जसमध्ये जारी
राष्ट्र उत्थान लघुवित्तको आईपीओ आजदेखि खुल्याे, कति दिने आवेदन ?
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (फागुन ४ गते, बुधबार) बाट साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेकाे हाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता सेयर कर्मचारीहरुका
को को हुन् धितोपत्र बोर्ड अध्यक्षका लागि सर्ट लिस्टेड ३ जना
अर्थ मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले नेपाल धिताेपत्र बाेर्डकाे अध्यक्ष नियुक्तिको लागि ३ जनाको नाम सर्ट लिस्ट गरेको छ । समितिले डा. गोपाल प्रसाद भट्ट, रमेश कुमार हमाल र कृष्णराज पोखरेलकाे नाम सर्ट लिस्ट गरेको हो । यसअघि आवेदन दिएका १५ जनामध्येबाट ५ जनाको सर्ट लिस्ट आएको थियाे । ५ जनामा डा. गोपाल
म्युचुअल फन्ड के हाे ? यसमा लगानी गर्दा कस्तो फाईदा हुन्छ ?
नेपाली पुँजी बजारमा रहेका विभिन्न वित्तीय औजारहरूमध्ये सामूहिक लगानी कोष अर्थात् म्युचुअल फण्ड पनि एक वित्तीय औजार हो । म्युचुअल फण्ड एक प्रकारको लगानी योजना हो जसले बचतकर्ताहरुबाट रकम संकलन गरी सेयर, बण्ड, सरकारी ऋणपत्रलगायतका विभिन्न धितोपत्र औजारहरुमा लगानी गर्दछ । यसरी गरेको लगानीबाट प्राप्त सम्पूर्ण प्रतिफल यस्तो कोषमा लगानी गर्ने बचतकर्ताहरुलाई नै फिर्ता गर्दछ
इमर्जिङ नेपालको आईपीओ भर्ने आज अन्तिम दिन
इमर्जिङ नेपाल लिमिटेडले माघ २६ गते, बुधबारदेखि सर्वसाधारणहरुका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज (फागुन १ गते, आइतबार) अन्तिम दिन रहेकाे छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन
बलेफी हाइड्रोपावरको आईपीओ आजबाट खुल्यो, क-कसले भर्न पाउछन् ?
बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले आज माघ २७ गते, बिहीबारदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुकालागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ । कम्पनीको जारी पूँजी १ अर्ब ८२ करोड ७९ लाख को १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्कासन गरेकाे हाे । जसमध्ये