मर्जरमा जाने बैंकको सेयर कारोबार रोक्का

Heading3 BusinessSarokar | १५ पुष २०८२, सोमबार

नेपाल राष्ट्र बैंकले गाभ्ने गाभिने तथा प्राप्ति प्रयोजनका लागि शेयर कारोबारको रोक्का तथा फुकुवाको जिम्मा नेपाल धितोपत्र बोर्डलाइ दिएको छ । बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ को पाँचौं संशाेधन गर्दै रोक्का फुकुवाको अधिकार बोर्डलाई नै दिएको हो ।

हाल मर्जर तथा एक्विजिसनमा गएको बैंक तथा वित्तीय संस्थाको हकमा उक्त प्रक्रिया पूरा नभएसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दोस्रो बजारमा सेयर कारोबार रोक्का राख्दै आएको छ ।

‘बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, ०७३’(चौथो संसोधन) को व्यवस्थाअनुसार नेप्सेले मर्जरमा जाने वित्तीय संस्थाको कारोबार रोक्दै आएको छ । राष्ट्र बैंकले नीतिगत रुपमैअब सो अधिकार बोर्डमा जाने व्यवस्था गरेको छ । चालु आर्थिक वर्षको मौद्रिकनीतिमा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्नेसम्बन्धी यस बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेज गरी धितोपत्र बोर्डको नियमन बमोजिम हुने व्यवस्था मिलाइनेछ’, भनिएको थियो ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp