खोप लगाएका पर्यटकले श्रीलंका जाँदा पीसीआर परीक्षण गर्नु नपर्ने
काठमाडौं– श्रीलंकाले अन्तर्राष्ट्रिय विमानस्थल भएर भित्रिने पर्यटकका लागि यसअघि अनिवार्य गरेको पीसीआर परीक्षणसम्बन्धी प्रावधानलाई हटाउने निर्णय गरेको छ। पूर्ण खोप लगाइएको वा कुनै पनि मुलुकमा पीसीआर परीक्षण गरी संक्रमण पुष्टि नभएको रिपोर्ट लिएर ७२ घण्टाभित्र स्वदेश आउने पर्यटकले अनिवार्य पीसीआर परीक्षण गर्नुनपर्ने श्रीलंकाका स्वास्थ्य मन्त्री कहेल्या रामबुकवेलाले बन्दरानाइकेले बताए। उनले भने, ’पर्यटकले आगमनभन्दा दुई हप्ता अगाडि
डब्ल्युएचओका २० कर्मचारीमाथि यौन शोषणको आरोप
काठमाडौं- हालै सार्वजनिक एक रिपोर्टले संयुक्त राष्ट्रसंघ (युएन) सँग जोडिएका यौन दुव्र्यहारको पर्दाफास गरेको छ । एनअन्तर्गतको स्वास्थ्य निकाय विश्व स्वास्थ्य संगठन डब्ल्युएचद्वारा गठित अनुसन्धान आयोग इन्डिपेन्डेन्ट इन्भेष्टिगेसन कमिसनले मंगलबार एक रिपोर्ट सार्वजनिक गर्दै युएनको यौन दुव्र्यहारको पर्दाफास गरेको हो । अनुसन्धान आयोगको रिपोर्ट अनुसार डब्ल्युएचओका कर्मचारीमाथि यौन शोषण गरेको आरोप लागेको छ । कङ्गोमा
अफगान महिलाको अधिकारका लागि भन्दै संयुक्त राष्ट्रसंघको मुख्यालयबाहिर प्रदर्शन
काठमाडौं– संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि सयौं महिलाहरूले प्रदर्शन गरेका छन्। अफगानिस्तानमा तालिबान सरकारले महिलाका धेरै अधिकार खोसेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले अफगानिस्तानका महिलाको मानवअधिकार सुनिश्चित गर्न माग गरेका थिए। उनीहरूको अधिकार स्थापित गर्न राष्ट्रसंघलगायत विश्वको ध्यान जानुपर्नेमा प्रदर्शनकारीले जोड दिएका थिए। प्रदर्शनमा सहभागीहरूले आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्न अफगानिस्तानमा रहेका महिलाहरूलाई पनि
आणविक हतियारको होडबाजी विश्व शान्तिको खतरा : परराष्ट्रमन्त्री खड्का
काठमाडौँ- परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले नेपालले विश्वशान्ति, सहअस्तित्व र समानतामा आधारित सम्बन्ध तथा भाईचाराको नीतिमा प्रतिवद्ध रहेको जनाएका छन् । संयुक्त राष्ट्र संघको ७६औँ महासभालाई न्युयोर्कमा नेपालको तर्फवाट आज बिहान सम्बोधन गर्दै परराष्ट्रमन्त्री खड्काले आतंकवाद मानव अस्तित्वको शत्रु भएको उल्लेख गर्दै नेपालले आतंकवादको विरोध गरिरहेको बताए । आणविक हातहतियारको होडबाजीले विश्वको शान्ति र सहअस्तित्वमाथि प्रश्न
यमनमा हुथी बिद्रोही र सरकारी सेनाबीच भिडन्त, ५० जनाको मृत्यु
एजेन्सी- यमनको मारिबमा भएका भिडन्तमा पछिल्लो ४४ घण्टामा हुथी विद्रोही र यमेनी सरकार समर्थक सेनासहित कम्तीमा ५० को मृत्यु भएको छ । तेल सम्पन्न उत्तरी क्षेत्रमा रहेको सरकारको अन्तिम गढ मारिबमाथि इरान समर्थित हुथी विद्रोहीले पुनः आक्रमण गरेपछि यस महिनामा मात्रै सयौंको मृत्यु भएको छ । “विगत ४८ घण्टामा, ४३ हुथी लडाकुहरूको यमनमा रहेको साउदी
सिचुआन प्रान्तको तियानक्वानमा पहिरो : कयौ बेपत्ता, चार जनाको उद्धार
काठमाडौं– दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको तियानक्वान काउन्टीमा भारी वर्षाका कारण आइतबार बिहान गएको पहिरोमा धेरै मानिस बेपत्ता भएका छन्। आइतबार बिहान १०ः२० बजेसम्म चार जनालाई उद्धार गरिएको छ। तियानक्वानको आपत्कालीन व्यवस्थापन मुख्यालयका अनुसार उद्धार गरिएका मध्ये दुई जना सामान्य घाइते भएका छन् भने अर्का एक जना अचेत अवस्थामा छन्। त्यसै गरी अर्का एक जना भने
अफगानिस्तानद्वारा एसियामा मानवीय सहयोग प्रवाह गर्ने अमेरिकी कदमको स्वागत
काबुल- अफगानिस्तानको नवगठित तालिबानी प्रशासनले संयुक्त राज्य अमेरिकाले एसियाली देशमा मानवीय सहायता प्रवाह गर्ने कदमको स्वागत गरेको छ। यहाँको परराष्ट्र मन्त्रालयका प्रवक्ता अब्दुल कहार बल्खीले आइतबार जनाएअनुसार ‘अफगानिस्तानको इस्लामिक इमिरेट्सको विदेश मामिला मन्त्रालयले अमेरिकी सरकारी निकायहरूलाई अन्तर्राष्ट्रिय र गैरसरकारी संस्थासँगै बैंकहरूले खाना र औषधिको प्रवाहलाई सहज बनाउनका लागि अनुमति दिने पछिल्लो निर्णयको स्वागत गरेको छ।’ अफगानिस्तानले
इजरायल रोजगारीका लागि छानिए १६ सय जना
काठमाडौं– वैदेशिक रोजगार विभागले इजरायलमा केयर गिभरमा जान इच्छुक श्रमिकमध्ये १६ सय जना सिफारिस गरेको छ। विभागले असोज ४ गतेदेखि ९ गतेसम्म लिएको अन्तर्वार्ताबाट १६ सय जना छनोट गरी दूतावासमा बुझाएको हो। अन्तर्वार्तामा १८ सय ३ जना सहभागी थिए। तीमध्ये ११ सय २० जना महिला र ४८० जना पुरुष सिफारिस भएका हुन्। नेपाली दूतावासमार्फत पपुलेसन इमिग्रेसन
इजरायल जान आवेदन दिएका २८ सयको कागजपत्र नक्कली
काठमाडौं- बैदेशिक रोजगारीका लागि इजरायल जान आवेदन दिएकामध्ये करिब २८ सय जनाको कागजात नक्कली पेश गरेको खुलेको छ । वैदेशिक रोजगार विभागले अनलाइनबाट परेको आवेदन प्रमाणीकरण गर्ने क्रममा २,७९० आवेदन फारम अस्वीकृत गरेको थियो । संसदको उद्योग तथा वाणिज्य, श्रम र उपभोक्ता हित संरक्षण समितिमा वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेका अनुसार ९ हजार ६९९