युक्रेनमाथि रुसी हमलापछि यसकारण बढ्न थाल्यो तेलको मूल्य
रुसले युक्रेनमाथि हमला गरेपछि विश्व अर्थतन्त्रमा कम्पन आएको छ । विश्वभर महङ्गी बढ्न थालेको छ ।
पेट्रोलियम पद्धार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ । रुस र युक्रेन दुवै पेट्रोलियम पद्धार्थको उत्पादक राष्ट्र हुन् ।
विश्वको सबैभन्दा ठूलो देश रुस र यूरोपको दोस्रो ठूलो देश युक्रेन गहुँ, सूर्यमुखी फूल, मकैं बढी निर्यात गर्ने देश पनि हुन् । आपूर्तिमा अवरोधले यी खाद्य सामाग्रीको मूल्य बढ्न थालेको छ ।
रुस र युक्रेनले विश्वको २५ प्रतिशत गहुँ, २० प्रतिशत मकैं र ८० प्रतिशत सूर्यमुखीफूलको तेल उत्पादन गरी निर्यात गर्दछन् । आपूर्तिको अवरोधले अमेरिका, यूरोपलगायतका देशहरुमा यी सामाग्रीको मूल्य बढेको हो । दुवै देशले यूरोप र मध्यपूर्वमा बढी निर्यात गर्दछन् ।
पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिले ढुवानी लागत बढ्नु र खाद्य सामाग्रीको आपूर्तिमा पनि अवरोध हुनुले विश्वका कतिपय देशमा अभावहरु देखिनथालेको छ । युक्रेनसँग रुसको युद्ध चाँडै नरोकिए गहुँ, सूर्यमुखीको तेल र मकैंको मूल्य दोब्बर हुनसक्ने औल्याइएको छ ।
युक्रेनको संकट चाँडै समाधानका लागि जर्मनी, फ्रान्सलगायतका देश लागिरहेका छन् । भारत पनि यसमा लागिपरेको छ । यूरोप ठूलो संकटमा जानसक्ने खतरा बढेको छ । भारत, नेपाल जस्ता देशहरुमा पेट्रोलियम पद्धार्थ र खाने तेलको मूल्य बढ्दा अर्थतन्त्रमा ठूलो असर पर्न थालेको छ ।
सम्बन्धित खबर
ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा तिहार छुट
२७ मंसिर २०८२, शुक्रबार
एनसेलको चाडपर्व योजनाः हरेक हप्ता २२ वटा स्मार्टफोन जित्ने सकिने
२७ मंसिर २०८२, शुक्रबार
बैंक अफ काठमाण्डू लिमिटेडको कार्ड बाहक महानुभावहरुलाई स्मार्ट दशैं अफरमा २०% सम्मको नगदफिर्ता
२७ मंसिर २०८२, शुक्रबार
