साताको पहिलो दिन नेप्से ७१ अंकले बढ्यो, ९ कम्पनीको सेयर मूल्यमा लाग्यो सकारात्मक सर्किट
२७ भदौँ, काठमाडौँ । साताको पहिलो दिन नेप्से परिसूचक बढेको छ। आइतबार २.४८ प्रतिशत अर्थात् ७१.४३ अंकले बढेर २९४७.४२ बिन्दुमा पुगेको हो। नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि वृद्धि भएको छ। त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि १३ दशमलब ०३ अकंले बढेर ५४८ दशमलब २९ अकंमा पुगेको छ । आज कुल सूचिकृतमध्ये २३१ कम्पनीको
राप्ती हाइड्रोले आईपीओ निष्कासन गर्ने, बोर्डमा दियो निवेदन
२७ भदौँ, काठमाडौं । राप्ती हाइड्रोपावर कम्पनी लिमिटेडले पनि साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ हजार ४ सय १० कित्ता आईपीओ निष्कासन गर्न
नेप्सेमा पहिरो : गत साता करिब ५१ अंकको गिरावट
काठमाडौं– गत साता सेयर बजार (नेप्से) परिसूचक ५१ अंकले घटेको छ। अघिल्लो साता २९२६.८९ विन्दुमा बन्द भएको परिसूचक गत साता ५०.९२ अंक घटेर २८७५.९७ विन्दुमा पुगेको छ। साताका ५ कारोबार दिनमध्ये ४ दिन बजार ओरालो लागेको थियो। गत आइतबार नेप्से ५ प्रतिशत घटेर नकारात्मक सर्किट नै लागेको थियो। गत सोमबार भने नेप्से करिब ६ प्रतिशतले बढेको थियो।
तेह्रथुम पावर कम्पनीको आईपीओ बाँडफाँट, करिब २३ लाखको हात खाली
काठमाडौं– तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा आयोजित एक कार्यक्रमबीच गोलाप्रथामार्फत कम्पनीको सेयर बाँडफाँट भएको हो। क्यापिटलका अनुसार योग्य आवेदकहरुमध्ये ७४ हजार ४ सय जनाले १० कित्ताका दरले सेयर पाएका छन्। कम्पनीले भदौ ९ गते देखि १३ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर निष्काशनमा
तेह्रथुम पावरको आइपीओ बाँडफाँड आज
काठमाडौँ– तेह्रथुम पावर कम्पनी लिमिटेडले बिक्रीमा ल्याएको आइपीओ आज बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार मंगलबार प्रि अलाेटमेन्ट सम्पन्न भएको थियो भने आज शुक्रबार शेयर बाँडफाँड हुने छ । आज बिहान १० बजे बाँडफाँड गर्ने गरी तयारी भएको कम्पनीले जनाएको छ । कम्पनीले आयोजना प्रभावित जनताको लागि ४
सेयर बजार ६० अंकले ओर्लियो
बुधबार सेयर बजार ६० अंकले ओर्लिएको छ। सो अंकको गिरावटसँगै परिसूचक २८७६ अंकमा कायम भएको छ। परिसूचकसँगै कारोबार रकम झनै घटेको छ। केही दिनयता कारोबार रकममा निरन्तर गिरावट आइरहेको छ। हिजो ७ अर्ब ४९ करोड रुपैयाँको सेयर किनबेच भएकोमा यस दिन ६ अर्ब ६४ करोड रुपैयाँमा खुम्चिएको छ। भदौ ३ गते साढे २० अर्ब रुपैयाँको
सेयर बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ताले कमाए, तपाईँ पर्नुभयो त ?
२२ भदौँ, काठमाडौं । आज शेयर बजार ४४ दशमलव १८ अंकले घटेर २,९३६ दशमलव ६१ को विन्दुमा कायम भएको छ । आज २६ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १५९ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएबा
तेह्रथुम पावरको आईपीओ बाँडफाँट शुक्रबार हुने , करिब साढे ७४ हजारले मात्रै शेयर पाउने
२२ भदौँ, काठमाडौं ।तेह्रथुम पावर कम्पनी लिमिटेडले निष्काशनमा ल्याएको आईपीओ शक्रबार बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलका अनुसार शुक्रबार बिहान शेयर बाँडफाँट हुने भएको हो । मंगलबार प्रिअलोटमेन्ट सकिएपछि कम्पनीको शेयर बाँडफाँट शुक्रबार गर्ने तयारी भएको एनआईविएल एस क्यापिटलले जनाएको छ । कम्पनीले भदौ ९ गते, बुधबारबाट