सेयर बजारमा ४४ अंकको पहिरो
काठमाडौँ – मंगलबार सेयर बजारमा ४४ अंकको पहिरो गएको छ। सोमबार १६२ अंकले बढेकोमा मंगलबार ४४.१८ अंकले घटेपछि परिसूचक २९३६ अंकमा कायम भएको छ। यस दिन अन्य समूह १९ अंकले बढ्यो भने अरु समूह घटेका छन्। बैंकिङ ३३, ब्यापार ५४, होटल तथा पर्यटन १०९, विकास बैंक ७१, जलविद्युत ५१, फाइनान्स ४९, निर्जीवन बीमा २९०, उत्पादन
यहि साता बाँडफाँड गरिदैँ तेह्रथुम पावरको आईपीओ
काठमाण्डौ – तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ यही साताभित्र बाँडफाँड गर्ने तयारी गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार तेह्रथुम पावरको प्रि–अलटमेन्टको काम भइरहेको छ। ‘प्रिअलटमेन्टको काम आज सकिन्छ’, क्यापिटलका एक अधिकारीले भने, ‘आईपीओ बाँडफाँड यही साताभित्रै गर्ने योजना छ’, उनले भने, ‘आउँदो बिहीबार वा शुक्रबार बाँडफाँड हुने सम्भावना धेरै छ।’ तेह्रथुप पावरको
२४ लाख कित्ता आइपीओ निश्कासन गर्दैँ मनकामना हाइड्रो
काठमाडौं- मनकामना इञ्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले २४ लाख कित्ता साधारण सेयरको सार्वजनिक निश्कासन गर्ने भएको छ । यो कम्पनीले आफ्नो जारी पूँजी ८० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २४ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने भएको हो । आइपीओ निश्कासनका लागि यो कम्पनीले निश्कासन तथा बिक्री प्रबन्ध सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि निश्कासन तथा बिक्री
सेयर ऋणको सीमाबारे तत्काल कुनै परिवर्तन हुँदैनः राष्ट्र बैंक
आइतबार सेयर बजार १०८ अंकले घटेपछि सोमबार केही सेयर कारोबारीले राष्ट्र बैंक पुगेर गभर्नर महाप्रसाद अधिकारीविरुद्ध नाराबाजी गरे र ज्ञापनपत्र बुझाए। राष्ट्र बैंकले हालै ल्याएको मौद्रिक नीतिअनुसार सेयर लगानीका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट एक व्यक्ति वा संस्थाले १२ करोड रुपैयाँसम्म कर्जा पाउने छ। त्यस्तै एक बैंक तथा वित्तीय संस्थाबाट भने एक व्यक्तिले ४ करोडसम्म
अर्थमन्त्री-गभर्नर टेलिफोन वार्तापछि सेयर बजारमा उछाल, १६२ अंकले बढ्यो नेप्से
काठमाडौं- आइतबार उच्च अंकले घटेको पुँजीबजार मापक परिसूचक नेप्सेमा आज उछाल आएको छ। सोमबार(आज) अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई टेलिफोन गरेर पुँजीबजारमा देखिएको समस्या समाधान गर्न आग्रह गरेपछि सेयर बजारमा उछाल देखिएको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज नेप्से १६१.९४ अंकले बढेर २९८०.९४ विन्दुमा उक्लिएको छ। आइतबार नेप्से १०८.२६ अंकले घटेको थियो। आज परिसूचक
मौद्रिक नीतिको असर : सेयर बजारमा पहिरो
काठमाडौं- नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिका कारण लगानीकर्ता आत्तिँदा पुँजी बजार निरन्तर ओरालो लाग्ने क्रम जारी छ । सेयर बजार परिसूचक नेप्से तीन हजार दुई सय हाराहारीमा पुगेको पुँजी बजारमा पहिरो जाने क्रम नरोकिँदा छोटो समयमै नेप्से दुई हजार आठ सय वरिपरि झरेको छ । साताको पहिलो दिन आइतबार नेप्से अघिल्लो दिनको कारोबारको
नेप्सेमा पहिरो :१०८.२६ अंकले घट्यो बजार, ११ अर्ब २४ करोडको कारोबार
२० भदौँ, काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो कारोबारको दिन आज उच्च अंकको गिरावट आएको छ । आजको कारोबार सुरु भएदेखि नै निरन्तर ओरालो लागेको नेप्से परिसूचक १२ बजेर ५९ मिनेट जाँदा ५.३ प्रतिशतले घटेर ४० मिनेटको लागि बन्द भयो । उक्त समयपश्चात नेप्सेमा पुनः कारोबार शुरु भएको थियो । अन्ततः आज नेप्से १०८.२६
शेयर बजार १४७ अंकले घटेपछि ४० मिनेटलाई रोकियो कारोबार
काठमाडौं- केही महिनायता निरन्तर उकालो लागिरहेको शेयर बजारले फेरि नकारात्मक संकेत देखाउन थालेको छ । नेपालको शेयर बजारमा एकै दिन सबैभन्दा ठूलो गिरावट भएपछि लगानीकर्तामा खैलाबैला मच्चिएको छ । साताको पहिलो दिन आइतवार शेयर बजारमा १४५ अंकको पहिरो गएको छ । शेयर बजार १४७.३१ अंकले घटेपछि कारोबार नै ४० मिनेटका लागि रोकिएको छ । कारोबार शुरु
नेप्से सातामा करिब साढे ५ प्रतिशतले घट्यो , कुनको परिसूचक कति बढ्यो ?
१९ भदौँ, काठमाडौं । यस साता नेप्से परिसूचक करिब साढे ५ प्रतिशत घटेको छ। गत साता ३०९४.०५ विन्दुमा बन्द भएको नेप्से, यस साता ५.४० प्रतिशत अर्थात १६७.१६ अंक घटेर २९२६.८९ विन्दुमा बन्द भएको छ। यस साता सेन्सेटिभ इण्डेक्स ५.१८ प्रतिशत अर्थात २९.६२ अंक घटेर ५४१.७७ विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस साता फ्लोट इण्डेक्स ५.३१
नेप्सेमा १५ अर्बको ऋणपत्र सूचिकृत
१८ भदौँ, काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १५ अर्बको ऋणपत्र सूचिकृत भएको छ । स्टकका अनुसार नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेको ५ वर्ष अवधि भएको २०८३’ङ’ नामको १५ अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र सूचिकृत भएको हो । यो ऋणपत्रको व्याजदर ४.३७ प्रतिशत रहेको छ । नेप्सेले धितोपत्र सूचिकरण विनियमावली