कान्तिपुर अस्पतालमा महालक्ष्मी विकास बैंकका ग्राहकले विशेष छुट पाउने
३२ श्रावण २०७८, सोमबार १३:१४
३२ साउन, काठमाडौं । महालक्ष्मी विकास बैंक र कान्तिपुर अस्पतालबीच व्यवसायिक सम्झौता भएको छ। उक्त सम्झौतापछि बैंकका ग्राहकले कान्तिपुर उपचार गराउँदा विभिन्न सेवा शुल्कमा छुट पाउनेछन्।
उक्त सम्झौता अनुसार बैंकको डेबिट कार्ड र मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्ने ग्राहकहरुले निशुल्क एम्बुलेन्स सेवा, बेड चार्ज, भेन्टिलेटर चार्ज र फार्मेसीमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
साथै जेनरल बेड चार्जरक्याबिन, इन्भेस्टिगेशन ल्याब, एक्सरे, युएसजी, इसीजी लगायतका १५ प्रतिशत छुट हुने बैंकले जनाएको छ।सम्झौता पत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक हिमालय बिक्रम मल्ल ठकुरी र बैंकका तर्फबाट बानेश्वर शाखाका प्रमुख विकास रावलले हस्ताक्षर गरेका हुन् ।