अर्थतन्त्र सुस्तिँदै, असोजका लागि बैंकहरूको ब्याजदर थप घट्यो”

बैंकहरूले असोज महिनाका लागि निक्षेपको ब्याजदर थप घटाएका छन् । वाणिज्य बैंकहरूले प्रकाशित गरेको नयाँ ब्याजदरअनुसार औसतमा अधिकतम ब्याजदर ०.११ प्रतिशत बिन्दुले कम भएको छ । २० वाणिज्य बैंकहरूमध्ये ९ बैंकले ब्याजदर घटाएका छन् भने ३ बैंकले सामान्य बढाएका छन् । बाँकी ८ बैंकले भने भदौको ब्याजदरलाई यथावत राखेका छन् । स्ट्यान्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज


“जेनजी आन्दोलनपीडित उद्योग–व्यवसायलाई कर छुट र सहुलियत कर्जा दिने सरकारको घोषणा”

काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका उद्योग र व्यावसायिक प्रतिष्ठानलाई सरकारले कर तथा कर्जामा सहुलियत दिने भएको छ अर्थ मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा तोडफोड, लुटपाट तथा आगजनीबाट प्रभावित व्यवसाय पुनःस्थापना र सञ्चालनका लागि आवश्यक सामान आयात गर्दा लाग्ने भन्सार महशुल र अन्तःशुल्कमा ५० प्रतिशत छुट दिने उल्लेख गरिएको छ । त्यसैगरी आन्दोलनमा क्षति


जेनजी आन्दोलनका कारण चौधरी समूहलाई करिब ५ अर्बको क्षति

५ असोज, काठमाडौं ।भदौ २३ र २४ गते देशभरि भएको जेनजी आन्दोलनका क्रममा चौधरी समूह (सीजी) लाई करिब ५ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति पुगेको समूहले जनाएको छ। आन्दोलनकारीद्वारा गरिएको तोडफोड, लुटपाट र आगजनीका कारण यस्तो क्षति भएको सीजीको दाबी छ। अर्थमन्त्री रामेश्वर खनालले शनिबार सतुङ्गलस्थित सीजी इलेक्ट्रोनिक्स कारखानाको निरीक्षण गर्दा समूहले क्षतिग्रस्त व्यवसायको पुनरुत्थानका


गरिमा विकास बैंकको भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

१ असोज, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ। बैंकले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ एप ‘गरिमा डीजी बटुवा’ मार्फत भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालनमा ल्याएको हो । बैंकका ग्राहकहरूले नजिकको शाखा कार्यालयमा गएर फारम भरेपछि यो सेवा आफ्नो मोबाइल बैंकिङ एपमा सुचारु गर्न सक्ने


जेनजी आन्दोलन क्षतिको बीमा दाबी गर्न नेपाल बीमा प्राधिकरणको आग्रह

काठमाडौं, भदौ ३०, २०८२ – नेपाल बीमा प्राधिकरणले जेनजी आन्दोलनका क्रममा भएका जनधनको क्षतिपूर्ति दाबी गर्न बीमितहरुलाई आग्रह गरेको छ। प्राधिकरणले आज जारी गरेको सूचनामा गत भदौ २३ र २४ गते भएको आन्दोलनमा बीमालेख अन्तर्गत पर्ने सम्पत्ति वा जीवनमा क्षति पुगेका बीमितले आवश्यक कागजातसहित सम्बन्धित बीमा कम्पनीमा दाबी दर्ता गर्न सक्ने जनाएको छ। प्राधिकरणका अनुसार,


एनसेलको घोषणा : “तोडफोडपछि पनि फेरि उठ्नेछौं”

भदौ ३० – देशकै ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले हालैका तोडफोड र आगजनीका घटनापछि नेपाली जनतालाई पुनः उठ्ने प्रतिज्ञा गर्दै सन्देश जारी गरेको छ। गत हप्ताको जेनजी आन्दोलनका क्रममा काठमाडौं लैनचौरस्थित एनसेलको कर्पोरेट कार्यालयसहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो। कम्पनीका अनुसार यी घटनाले भौतिक सम्पत्तिमा ठूलो क्षति पुर्‍याउनुका


ढकाल : ‘निजी क्षेत्र नआत्तिऔँ, हौसला नहारी पुनर्निर्माणतर्फ अघि बढौँ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई समूहका संस्थापक चन्द्र ढकालले हालैको प्रदर्शनका क्रममा निजी सम्पत्तिमाथि भएको आक्रमणले ठूलो क्षति भए पनि उद्योगी व्यवसायीहरूले मनोबल कमजोर पार्न नहुने बताएका छन्। ढकालले सामाजिक सञ्जालमार्फत् दिएको सन्देशमा अर्बौं लगानी भएका आफ्नै आयोजनामा भएको तोडफोड र आगजनीले मन भारी भए पनि मुलुकका हजारौँ रोजगारी र लगानीकर्ताको


जेन–जी आन्दोलनमा गोलीकाण्डका अभियोगमा पूर्वप्रधानमन्त्री ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दा

काठमाडौं । शान्तिपूर्ण जेन–जी आन्दोलनमा सहभागी युवामाथि गोली प्रहार गर्न आदेश दिएको अभियोगमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ। नेपाली कांग्रेसका सांसद तथा पूर्वप्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत नयाँ बानेश्वरस्थित महानगरीय प्रहरी वृत्तमा उजुरी दर्ता गराएका हुन्। शाहले दिएको उजुरीमा आन्दोलन दबाउन ओलीले प्रत्यक्ष आदेश


फाल्गुनन्द-सुकिलुम्बा विमानस्थल : तीन महिनादेखि उडान भएन

पयर्टन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल सुनसान बनेको छ । आर्थिक वर्ष २०८१/८२ मा ३३ उडान भरेको यो विमानस्थल अहिले जहाज उडानको पर्खाइमा छ । इलाम नगरपालिका–९ स्थित यो विमानस्थलमा उडान नियमित रुपमा गर्न जिल्लावासीले माग गरेका छन् । विसं २०७५ जेठ २१ गते तारा एयरको ट्वीनअटर जाहाजले पहिलो परीक्षण उडान सफल गरेको थियो । यहाँका


जेनजीको प्रदर्शनलाई बालेनको समर्थन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सोमबार हुने जेनजीको प्रदर्शनलाई समर्थन जनाएका छन् । सामाजिक संजाल बन्दको विरोधमा सोमबार हुन लागेकोा प्रदर्शनमा मेयर शाहले आफू उक्त प्रदर्शनमा सहभागी हुनका लागि उमेरले नदिए पनि आफ्नो समर्थन भने रहेको सामाजिक संजालमार्फत भनेका छन् । ‘भोलीको ¥याली स्पष्ट स्वस्फूर्त रुपमा जेनजीको हो, उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसका