हाइड्रोपावरको सेयरमा अत्याधिक चलखेल भएपछि नियमनले तोड्यो चु्प्पी

३ भाद्र २०७८, बिहीबार ११:५९

भदौ ३, काठमाडौं । हाईड्रोपावरको सेयर दोस्रो बजारमा अत्याधिक वृद्धि भएपछि भने बिद्युत नियमन आयोग तातेको छ । सेयर बजारले ‘बुलिस टेण्ड’ पक्रिरहेको बेला लगानीकर्ताको ओइरो हाईड्रोपावरको सेयरमा नै लागेको छ ।

एक बर्ष अघि मात्र ४९ रुपैँया सम्म कारोबार भएका हाईड्रोका सेयरहरुमा अहिले ४०० देखि ९०० प्रतिशत सम्म वृद्धि भएको छ भने अर्कोतिर अघिल्लो बर्ष रु। १०० मा दोस्रो बजारमा सुचिकृत भएका सेयरहरु धेरै न्युन विन्दुमा पुगेका छन् । अहिले केहि कम्पनीको सेयर मात्र स्वभाविक वृद्धि भएको छ बाकीँ सबै कम्पनीको सेयर अस्वभाबिक रुपमा बढिरहेका छन् ।

बिद्युत कम्पनीहरुको प्रमुख नियमनकारी निकाय नै बिद्युत नियमन आयोग भएकाले आयोगले यदि बजारमा हर्सल मेहता स्क्याम जस्तै ठुलो स्क्यामनै भएको भए यसरी बिज्ञप्ती नै जारी गर्नु ठिक हुनसक्थ्यो तर यसरी केहि ब्यक्ति र समूहले सेयर मूल्यमा केहि चलखेल गर्दा बजारका अन्य नियमनकारी निकायहरु हुँदा हुँदै आयोगले नै विज्ञप्ती निकाल्नु पर्ने अवस्था भने नरहेको तर्क ठुला लगानीकर्ता एबंम उर्जा विकास परिषदका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान ।

हाइड्रोपावर कम्पनीहरुको नियामक निकाय विद्युत नियमन आयोगले विगत केहि दिनदेखि विभिन्न सञ्चार माध्याममा केहि बिद्युत कम्पनीका प्रवद्र्धकले सेयर मूल्यमा अस्वभाविक बृद्धि गराउने कार्यमा संलग्न भएका कारण हाइड्रोवावर कम्पनीहरुको सेयर मूल्य बढेको भनि आएका समाचारहरु प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।

एक सुचना जारी गर्दै आयोगले सुचिकृत कम्पनीले जानकारी तथा विवरणहरु सार्वजनिक गर्दा सत्य तथ्य जानकारी गराउनु पर्ने कम्पनीको जिम्मेवारी भएको र यदि कसैले जानाजान रुपमा लगानीकर्तालाई झुक्याउने तथा बहकाउने प्रयोजनले गलत सूचना दिने प्रवद्र्धक र कम्पनीलाई आयोगले कारवाही गर्ने जनाएको हो ।
आयोगले लगानीकर्ताहरुलाई पनि लगानी गर्दा सत्य तथ्य बुझेर , कम्पनीको बारेमा अध्ययन गरेर मात्र लगानी गर्न आग्रह गरेको छ । आयोगले विभिन्न १६ वटा विषयको अध्ययन गरेर मात्र लगानी गर्न आग्रह गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *