मेरो शेयरको पासवर्ड अब आफै रिसेट गर्न सकिने

४ भाद्र २०७८, शुक्रबार ०५:४१

भदौ ४ काठमाडौं । नेपाल सिडीएस एण्ड क्लियारिङ्ग लिमिटेडले ‘मेरो सेयर’ पोर्टलको पासवर्ड आफैँ रिसेट गर्न सकिने सुविधा कार्यान्वयनमा ल्याएको छ ।

मेरो सेयरमा ‘फरगट योर पासवर्ड अप्सन थपेसँगै प्रयोगकर्ता आफैँले अब पासवर्ड रिसेट गर्न मिल्ने भएको हो । यससंगै अब लगानीकर्ताहरुलाई पासवर्ड बिर्षेमा रिसेटका लागि सम्बन्धित डीपीमा धाउनु पर्ने बाध्यता हटेको छ ।

अहिलेसम्म ‘मेरो सेयर’ को पासवर्ड बिर्सेमा लगानीकर्ताले सम्बन्धित क्यापिटलमा नै पुगेर रिसेट गर्नुपर्ने प्रावधान रहेको छ । यो सेवा निःशुल्क भएपनि कतिपय सेवाप्रदायक कम्पनीहरुले भने शुल्क लिँदै आएका थिए । यो सुविधा लागू भएपछि लगानीकर्ताले घन्टौं लाइन बसेर पासवर्ड रिसेट गर्नुपर्ने समस्याको समाधान हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *