नेपाल क्लियरिङ्ग हाउसको सेवा ६ गतेसम्म बन्द
४ भाद्र २०७८, शुक्रबार १४:३७
४ भदौ, काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सेवा तीन दिनको लागि हुने बन्द भएको छ ।
कम्पनीको डाटा सेन्टर अपग्रेड तथा माइग्रेसन कार्य गर्नुपर्ने भएकाले आज भदौ ४ गते, शुक्रबार बेलुका ५ बजेदेखि भदौ ६ गते, आइतबार दिउँसो ३ बजेसम्म NCHL-ECC र NCHL-IPS प्रणालीका सबै सेवाहरू बन्द हुने भएकाे हाे ।
कम्पनीले एक सूचना प्रकाशन गर्दै यसबाट पर्न जाने असुविधाको लागि क्षमा याचना समेत गरेको छ ।
कम्पनिले प्रकाशन गरेको सुचना यस्तो छ :