मौद्रिक नीतिले मुलुकको अर्थतन्त्र बलियो बनाउँने :डा. चिरञ्जीवि नेपाल

८ भाद्र २०७८, मंगलवार १२:३२

८ भदौ, काठमाडौं । सोमबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर तथा पूर्व प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरञ्जीवि नेपालले सरकारले पूँजीँगत खर्चमा जोड दिनुपर्ने बताए ।नेपालले कोरोना महामारीले निम्न वर्गका नागरिकहरु समस्यामा परेको बताउँदै राहतका प्याकेजहरु तत्काल ल्याउनु पर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा बोल्दै उनले कोरोना खोपलाई प्राथमिकता दिनुपर्ने बताउँदै जनताको जीवन उत्थानको लागि राहतका कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिए ।

मुलुकको अर्थतन्त्र अगाडि बढाउन तिनाउ डाइभर्सन राम्रो विकल्प रहेको र लुम्बिनीको विकासका लागि भैरहवा अन्तरराष्ट्रिय विमानस्थल, सिद्धबाबा सुरुङ मार्गको कामलाई छिटो भन्दा छिटो अगाडि बढाउन सुझाव दिए । बुटवल पाल्पा सडक अन्तर्गत सिद्धबाबा क्षेत्रमा वर्षेनी कम्तीमा ५/७ जनाको ज्यान लिएको अवगत हुँदाहुँदै पनि राजनीतिक नेतृत्व तहले गम्भीर रुपमा चासो नदिएको दुखेसो पोखे ।

उनका अनुसार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले मुलुकको अर्थतन्त्र बलियो बनाउँने भन्दै आर्थिक पुनरुत्थानलाई सहयोग पुर्याउने बताए । साथै सरकार परिवर्तन भइरहने र नयाँ सरकारसँगै नयाँ बजेट आउने खालको क्रियाकलापले योजनाहरु रोकिने, समयमै पुरा नहुने बताए ।

मौद्रिक नीतिले अर्थव्यवस्थामा मौद्रिक व्यवस्थापन, ब्याजदर व्यवस्थापन, वित्तीय क्षेत्र सुदृढीकरण, भुक्तानी प्रणालीमा सुदृढीकरण, विदेशी विनिमय व्यवस्थापन, वित्तीय पहुँच जस्ता उपायमार्फत नियमन र सन्तुलन कायम गरी समष्टिगत आर्थिक उद्देश्य प्राप्ति गर्न सघाउ पुर्याउने बताए । कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *