रुरु जलविद्युतले बोलायो संयुक्त साधारणसभा ,के-के छन् एजेण्डा ?

८ भाद्र २०७८, मंगलवार १४:२७

८ भदौ,काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले संयुक्त वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको भदौ ७ गते बसेको बैठकले असोज १६ गते बिहान ११ बजे दुई आर्थिक वर्षको साधारण सभा बोलाएको हो ।

सभाले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ का लागि प्रस्तावित लाभांश पारित गर्नेछ। कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्तापुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

त्यसैगरी, कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्तापुँजीको १० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

सभाले सर्बसाधारणबाट प्रतिनिधित्व गर्ने १ जना र संस्थापकबाट प्रतिनिधित्व गर्ने ५ जना संचालकको निर्वाचन समेत गर्ने छ ।लाभांश प्रयोजनको लागि कम्पनीले अशोज ७ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार अशोज ६ गते सम्म कायम शेयरधनीले मात्रै कम्पनीको लाभांश पाउनेछन् ।

कम्पनीले प्रकाशन गरेको सुचना यस्तो छ :

61247fda1803f.JPG

61247fdd6da11.JPG

Leave a Reply

Your email address will not be published. Required fields are marked *