तेह्रथुम पावरको आईपीओमा आज देखि सर्वसाधरणको आवेदन खुल्ला
९ भाद्र २०७८, बुधबार ०७:४७
भदौ ९, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधार शेयर (आईपीओ) आजबाट जारी गरेको छ । कम्पनीले आजबाट भदौ १३ गतेसम्म सेयर जारी गर्ने छ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गरेको छ। कुल निष्काशन ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि, ४० हजार कित्ता शेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ भने बाकिँ ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । आवेदकहरुको संख्या ठूलो हुने भएकाले न्युनतम १० कित्ताका लागि आवेदन दिए बुद्धिमत्तापुर्ण निर्णय हुनेछ ।