कर नतिर्नेको घर आँगनमा आज पञ्चेबाजासहित नाचगान

९ भाद्र २०७८, बुधबार ०८:३१

भदौ ९, काठमाडौं । न्युरोड र नयाँ बजारका तिर्नुपर्ने घरजग्गा, सम्पत्ति कर लगायतका कर तिर्न अटेर गर्ने करदातालाई रचनात्मक दबाव दिने भन्दै काठमाडौं महानगरपालिकालले पञ्चेबाजासहित उनीहरुको घर आँगन र कार्यालय परिसरमा आज पञ्चेबाजासहित नाचगान कार्यक्रम गर्ने भएको छ ।

घर जग्गा लागायतका विभिन्न कर तिर्न अटेर गर्ने ५२ करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक गर्दा पनि नमानेपछि महानगरपालिकाले यो चेताना मूलक अभियान सञ्चालन गरेको जानकारी दिएको छ ।

काठमाडौं महानगरपालिकाका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीका अनुसार आज नयाँबजार, न्युरोड, दरबारमार्ग लगायतका स्थानका करदाताको कार्यालय परिसरमा पञ्चेबाजासहितको अभियान सञ्चालन गर्ने जानकारी दिए ।

कर बुझाउन आग्रहसहित असार १६ र साउन २४ मा सार्वजनिक सूचना प्रकाशित गर्दा समेत अटेर गरेपछि आजबाट कान्तिपुर होटल, शिशु अर्याल, होटल प्लाटिनियम, हृवाइट फिल्ड स्कुल, रञ्जना ट्रेड सेन्टर, केशा पोपट्रिज प्राली, आरवी कम्प्लेक्स लगायतका स्थानमा पञ्जेबाजासहितको अभियान सञ्चालन गर्ने तयारी गरेको अधिकारीले बताए ।

दोस्रो पटक सूचना निकालेको पनि करीब एक महिना पुग्न लाग्दा समेत करदाताहरुले सम्पर्क गर्न नचाहेपछि बाध्य भएर रचनात्मक ढंगले करदातालाई कर तिर्न नैतिक दबाब दिने अभियान सञ्चालन गर्न लागेको बताएका छन् ।

नाम सार्वजनिक गरिएका करदाताले करको विवरण, कर र जरिवाना नबुझाए भदौ २४ देखि सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कानुनी प्रक्रियाबाट सरकारी बाँकीसरह कर असुल गर्ने पनि अधिकारीले जानकारी दिए ।

यो अभियानसँगै कर बुझाउनुपर्छ भन्ने चेतना करदातामा बढेको र लामो समयदेखि कर नतिर्ने करदाता पनि यो अभियानपछि सम्पर्कमा आएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *