साहस उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

११ भाद्र २०७८, शुक्रबार ०६:०३

११ भदौँ, काठमाडौँ । साहस उर्जा लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि साउन २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (भदौ ११ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३५ लाख कित्ता आईपीओ निष्कासन खुल्ला गरेको हो । उक्त आईपीओ आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुका लागि रहेको छ ।

लगानीकर्ताले यस आईपिओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । उक्त आईपीओमा छिटोमा भदौ ११ गतेसम्म र ढिलोमा भदौ २७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडले रहेको छ ।

सोलुखुम्बु जिल्लाका बासिन्दाहरुले उक्त आईपिओमा ग्लोबल आईएमई बैंक (सल्लेरी सोलुखुम्बु), नेपाल इन्भेष्टमेन्ट बैंक (लुक्ला), लक्ष्मी बैंक (मुग्ली र नेले शाखा, सोलुखुम्बु), माछापुच्छ्रे बैंक (सल्लेरी, सोलुखुम्बु) र प्राइम कमर्शियल बैंक (रमिते शाखा, सोलुखुम्बु) र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *