प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेको यी ४ कम्पनीको संस्थापक शेयर आजदेखि बिक्रिमा

११ भाद्र २०७८, शुक्रबार ०६:४८

११ भदौ, काठमाडौं । आजदेखि प्रुडेन्सियल क्यापिटलले आफ्नो स्वामित्वमा रहेको ४ कम्पनीको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । प्रभु बैंक, नेशनल लाइफ, नेपाल ग्रामिण विकास र प्राइम कमर्सियल बैकको संस्थापक शेयर आजदेखि बिक्रीमा ल्याएको हो ।

क्यापिटलले प्रभु बैंकको प्रतिकित्ता रू. १८५, नेशनल लाईफको प्रतिकित्ता रू. ४३७, नेपाल ग्रामिण विकास लघुवित्तको प्रतिकित्ता रू. ४५५ र प्राइम कमर्सियल बैंकको प्रतिकित्ता रू. २०८ मूल्य तोकेर उक्त शेयर विक्रीको आव्हान गरेको हो । यी शेयर खरिद गर्न चाहनेहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ ।

यी शेयर सम्बन्धीत कम्पनीहरुको विद्यमान संस्थापक शेयरधनीहरुसँगै अन्य जो कोही व्यक्ति तथा संघसंस्थाहरुले खरिद गर्न पाउने व्यवस्था छ । यी शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरुले कम्पनीहरुद्वारा भदौ ११ गतेपश्चात प्रस्ताव गरिने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्न सक्नेछन् । यी शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *