पञ्चकन्या माई हाइड्रोपावरले गर्यो वित्तीय विवरण सार्वजनिक, कति कमायो त खुद नाफा ?

११ भाद्र २०७८, शुक्रबार १०:३३

११ भदौ, काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले १ लाख ३१ हजार ६ सय ३४ रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी ४ करोड ३ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानी भने घटेको छ । कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी २० करोड ३८ लाख रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट २२ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब १० करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा १९ करोड ९० लाख रुपैयाँ सञ्चित छ ।

त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी जम्म एक पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ८१ रुपैयाँ ८९ पैसा रहेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारको छ :

612879e016d12.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *