फुयालले पाए नेप्सेको निमित्त सीईओको जिम्मेवारी

११ भाद्र २०७८, शुक्रबार ११:५१

११ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी निरन्जन फुयाललाई दिइएको छ ।

सर्वोत्तम सिमेण्टको शेयर खरिद प्रकरणको अनुसन्धान प्रकृयामा सहयोग पु¥याउन भन्दै प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले भदौ ८ गते राजीनामा दिएसँगै अर्को व्यवस्था नभएसम्मका लागि फुयाललाई निमित्तको जिम्मेवारी दिईएको हो ।

नेप्सेको सञ्चालक समितिको बैठकले नियमित कार्य सुचारु राख्नका निम्ति उनलाई यो जिम्मेवारी प्रदान गरेको नेप्सेको भनाई छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *