नबिल बैंक र पनौती नगरपालिकाबिच उद्यमशीलता विकासको लागि सम्झौता

Heading3 BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

११ भदौ, काठमाडौं । नबिल बैंकले काभ्रे जिल्लाको पाँचखाल र पनौती नगरपालिकासँग उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तार गर्ने कार्यमा सहकार्य गर्ने भएको छ। यसका लागि बैंकले दुई पालिकासँग सम्झौता गरेको छ।

साझेदारी सम्झौता पत्रमा पनौती नगरपालिकामा नबिल बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नगरपालिकाका तर्फबाट मेयर भीम न्यौपाने तथा पाँचखाल नगरपालिकामा नबिल बैंकको बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ र उपमेयर लक्ष्मी दनुवारले हस्ताक्षर गरेका छन्।

उक्त साझेदारीमार्फत् नगरपालिकाहरुले स्थानीय स्तरमा सञ्‍चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रमरतालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई नगरपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियमअनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रमरतालिमहरुमा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्‍चालन गर्ने उद्देश्य रहेको छ।

बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्युन भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गरि बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp