राजश्व सचिवको जिम्मेवारी कृष्णहरि पुष्करले पाए
११ भाद्र २०७८, शुक्रबार १४:५०
११ भदौ, काठमाडौं । सरकारले राजस्व सचिवमा कृष्णहरि पुस्करलाई नियुक्त गरेको छ ।बिहीवारको मन्त्रिपरिषद्को बैठकले कर्णलाई राजश्व सचिवको जिम्मेवारी दिएको हो ।
यसअघिका राजस्व सचिव रामशरण पुडाशैनीले गत साउनमा अनिवार्य अवकास पाएपछि यो पद रिक्त थियो । पुष्करसँग उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा काम गरेको अनुभव छ ।
प्रमुख जिल्ला अधिकारी भएर काम गर्दा राजस्व चुहावट नियन्त्रणको अध्यक्ष भएर काम गरेर राजस्वका बारे र पुष्कर श्रम तथा वैदेशिक रोजगार विभागको महानिर्देशक भएर काम गरेका छन् ।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत काम गरिसकेका छन् । यसअघि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अतिरिक्त सचिव थिए ।