आरबीबी म्युचुअल फन्ड १ नेप्सेमा सूचीकृत

११ भाद्र २०७८, शुक्रबार १५:३०

११ भदौ,काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आरविवि म्युचुअल फण्ड १ सूचीकृत भएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कोष प्रबद्र्धक रहेको आरविवि म्युचुअल फण्ड अन्र्तगत संचालित पहिलोे बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” नामको योजना सूचीकृत भएको हो ।

म्युचुअल फन्ड प्रति इकाई १०का दरले १२ करोड ५० लाख इकाई अर्थात १ अर्ब २५ करोड नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ

उक्त सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *