कोरोना महामारीबीच पनि बढ्यो रेमिट्यान्स
१२ भाद्र २०७८, शनिबार ०६:४४
१२ भदौ, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा विभिन्न देशबाट करिब साढे ९ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति ९आर्थिक वर्ष २०७७/७८ को वार्षिक तथ्यांकमा आधारित अनुसार गत असार मसान्तसम्म ९ खर्ब ६१ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स रुपमा नेपाल आएको हो।
कोभिड महामारीका बीच पनि नेपाल भित्रिने रकम अघिल्लो वर्षको तुलनामा ९ दशमलब ८ प्रतिशतले वृद्धि भएको छ।