आईपीओ पाउन अब भाग्यकै भर !, तेह्रथुम पावरको २३ लाख बढीले दिए आवेदन
१३ भदौ, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर आईपीओको आज (भदौ १३ गते, आइतबार) अन्तिम दिन थियो । अन्तिम दिनसम्म कम्पनीको आईपीओमा झण्डै २४ लाख बढी आवेदकले शेयर खरिदको लागि आवेदन दिएका छन्।
बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी २३ लाख ८८ हजार ३३२ जना आवेदकले ३ अर्ब १० करोड ९२ लाख रूपैयाँ बराबरको ३ करोड १० लाख ९२ हजार ३० कित्ता शेयर खरिदका लागि आवेदन दिएका रहेको बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले जनकारी दिएको छ ।
कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो । कम्पनीले बिक्रीमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ७ लाख ४४ हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गरिने छ।
कम्पनीले निष्कासन गर्न लागेको साधारण सेयर (आईपीओ) लाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।
कम्पनीको आइपीओमा आवेदन दिने आजै अन्तिम दिन हो तर कतिपय बैंकमार्फत गरिएको आवेदन थप हुनसक्ने र कतिपय आवेदन रद्द हुनसक्ने भएकोले यो नै अन्तिम नतिजा भने होइन।