हुम्लाको लिमीमा नेपाल टेलिकमको फोर–जी टावर निर्माण हुँदै
Heading3
BusinessSarokar
|
२७ मंसिर २०८२, शुक्रबार
सिमकोट– हुम्लाको विकट मानिने उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा नेपाल टेलिकमको फोर–जी टावर निर्माण हुने भएको छ। टावर निर्माणका लागि हेलिकप्टरबाट सामान ढुवानी गरिएको छ।
लामो समयदेखि लिमीमा टावर नहुँदा यहाँका जनता सञ्चारसँग जोडिन सकेका थिएनन्। लिमीका जनतालाई सञ्चारमा जोड्नका लागि फोर–जीको टावर निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताए।
गाडीको सुविधा नभएको र मानिसले बोक्न नसक्ने भएकाले हेलिकप्टरमार्फत सामान ढुवानी गरिएको उनले बताए।
जनतालाई विकास र समृद्धि भएको अनुभूति गराउनुका साथै सञ्चारको पहुँचमा जोड्नका लागि फोर–जी टावर निर्माण गर्न लागिएको हो।
सम्बन्धित खबर
‘नाडा अटो शो’को छेकोमा प्यासेन्जर इभीको आयात साढे तीन गुणाले बढ्यो
२७ मंसिर २०८२, शुक्रबार
दोहोरो अंकले घट्यो नेप्से, कारोबार साढे २ अर्बमा सीमित
२७ मंसिर २०८२, शुक्रबार
लघुवित्तको समस्या समाधान गर्न समिति गठन, राष्ट्र बैंकले माग्यो सुझाव
२७ मंसिर २०८२, शुक्रबार
