नेप्सेमा १२ लाख कित्ता शेयर सूचीकृत
१७ भाद्र २०७८, बिहीबार ११:०७
१७ भदौँ, काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा बिहिबार सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेययर सूचीकृत भएको हो ।
नेप्सेका अनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ प्रतिशत बोनस बापतको १२ लाख कित्ता शेयर सूचीकृत भएको हो ।
कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजी १ अर्ब रुपैयाँको १२ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।