‘ग्रीन डिल अफ द इयर २०२१’को उपाधी एनएमबि बैंकलाई
काठमार्डौँ – सिंगापुरको एशियन बैंकिङ एण्ड फाईनान्स पत्रिकाले पुरष्कृत गर्ने कर्पोरेट एण्ड ईन्भेष्टमेण्ट बैंकिङ अवार्ड श्रेणी अन्तर्गत ‘ग्रीन डिल अफ द इयर २०२१’को उपाधि एनएमबि बैंकले पाएको छ।
अन्तर्राष्ट्रिय वित्त निगम आइएफसीसँग नेपालमा हरित कर्जा प्रवाहको क्षेत्रमा गरेको सम्झौताको आधारमा एनएमबि बैंकलाई एशियन बैंकिङ एण्ड फाईनान्स पत्रिकाले नेपालकै दिगो बैंकिङको क्षेत्रमा अग्रणी बैंकको रुपमा सम्मान गरेको हो।
अन्तर्राष्ट्रिय वित्त निगमसँग सम्झौता अन्तर्गत एनएमबि बैंकले आइएफसीद्वारा निर्देशित योग्यताको मापदण्डमा रहेको हरित योजनाहरुमा कर्जा प्रवाह गर्छ।
एनएमबि बैंकले ग्रीन डिल अन्तर्गतको अवार्ड दिगो बैंकिङ र जलवायुमैत्री परियोजना र उद्यमशील गतिविधिहरु प्रति निरन्तर प्रतिबद्धता प्रस्तुत गरे बापत प्राप्त गरेको बताइएको छ।
‘एनएमबि बैंक वातावरणमैत्री लगानी र दिगो व्यापारिक सेवामा अग्रसर रहेको र यो सम्मानले बैंकलाई यस क्षेत्रमा अगाडि बढ्न थप प्रोत्साहन मिल्नेमा विश्वस्त छौं,’ एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने।
बैंकले देशभरीका १८१ शाखाहरु, १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गदै आइरहेको छ।