सुजुकीको दशैतिहार अफर, १२ हजार नगद छुट

२० भाद्र २०७८, आईतवार १४:०८

२० भदौँ, काठमाडौं । सुजुकी कम्पनीको मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भी.जी. अटोमोवाईल्स प्रालिले आउँदै गरेको बडा दशैं, शुभ दिपावली तथा छठ पर्वलाई लक्षित गरी आफ्ना ग्राहकहरुका लागि सुजुकी दशै तिहार अफर योजना ल्याएको छ ।

यस अफर अन्तर्गत ग्राहकवर्गहरुले सुजुकी कम्पनीका कुनै पनि मोटरसाईकल तथा स्कुटर खरिद गर्दा तत्काल रु १२,००० नगद छुट तथा १ वर्षको सडक दस्तुर प्राप्त गर्ने छन् । साथै एक्सचेन्ज र सरल फाईनान्सको सुबिधा पनि उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

सुजुकी दशै तिहार अफरले ग्राहकहरुको मन जित्ने कुरामा कम्पनी निश्चिन्त रहेको बताएको छ । सुजुकी कम्पनीको विभिन्न नवीनतम मोडल र डिजाईनहरुको मोटरसाईकल तथा स्कुटरले ग्राहकहरुको मन जित्न सफल अवस्थामा यस योजनाले ग्राहकहरु थप उत्साहित हुने कम्पनीका मार्केटिङ्ग म्यानेजर समित सिंह बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *