कर नबुझाएसम्म राधी विद्युत कम्पनीको बोनस सेयर फ्रिज हुने

२० भाद्र २०७८, आईतवार १५:१२

२० भदौँ, काठमाडौं । राधी विद्युत कम्पनीले आफ्ना शेयरधनीलाई बोनस वापतको कर तिर्न आग्रह गरेको छ ।शेयरधनीको हितग्राही खातामा आएपनि, बोनसमा लाग्ने कर नतिर्दासम्म बोनस शेयर फ्रिज हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ बाट ३६.५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेपनि नगद लाभांश भने प्रस्ताव गरेको थिएन । कम्पनीले नगद लाभांश वितरण नगरेपछि बोनसको कर तिर्ने दायित्व शेयरधनीको काँधमा आएको हो ।

कम्पनीले आज एक सूचना जारी गर्दै सेयरधनीहरुले कर नतिरेसम्म बोनस सेयर फ्रिज हुने जानकारी दिएको हो। कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई ३६.५ प्रतिशत बोनस सेयर जारी गरेको थियो। उक्त बोनस सेयरमा लाग्ने कर भने सेयरधनीहरु आफैँले बुझाउनुपर्ने कम्पनी सञ्चालक समितिले निर्णय गरेको थियो।

शेयरधनीहरुले कनेक्ट आईपीएसमार्फत बैंक अफ काठमाण्डू कमलपोखरी शाखामा राधी जलविद्युत कम्पनीको नाममा रहेको खाता नं. ०१०००००६३५१७५२४ रकम जम्मा गर्न वा बैंक अफ काठमाण्डूको जुनसुकै शाखाबाट कर तिर्न सकिने कम्पनीले जनाएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *