२४ लाख कित्ता आइपीओ निश्कासन गर्दैँ मनकामना हाइड्रो
२२ भाद्र २०७८, मंगलवार ०८:०८
काठमाडौं- मनकामना इञ्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले २४ लाख कित्ता साधारण सेयरको सार्वजनिक निश्कासन गर्ने भएको छ ।
यो कम्पनीले आफ्नो जारी पूँजी ८० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २४ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने भएको हो ।
आइपीओ निश्कासनका लागि यो कम्पनीले निश्कासन तथा बिक्री प्रबन्ध सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा बीओके क्यापिटल मार्केट लिमीटेडलाई नियुक्त गरेको छ ।
मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेड तथा बीओके क्यापिटलबीच भदौ २० गते आइतबारको दिन सेयर निश्कासनमा बिक्री प्रबन्धकको काम गर्ने विषयमा सम्झौता भएको छ ।