साताको पहिलो दिन नेप्से ७१ अंकले बढ्यो, ९ कम्पनीको सेयर मूल्यमा लाग्यो सकारात्मक सर्किट
२७ भदौँ, काठमाडौँ । साताको पहिलो दिन नेप्से परिसूचक बढेको छ। आइतबार २.४८ प्रतिशत अर्थात् ७१.४३ अंकले बढेर २९४७.४२ बिन्दुमा पुगेको हो। नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि वृद्धि भएको छ। त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि १३ दशमलब ०३ अकंले बढेर ५४८ दशमलब २९ अकंमा पुगेको छ ।
आज कुल सूचिकृतमध्ये २३१ कम्पनीको ९ अर्ब ४४ करोड ३५ हजार २ सय ४३ रुपैंया बराबरको १ करोड ७१ लाख ३३३ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ९६ हजार ५ सय ९१ पटक लेनदेन भएको हो ।
कारोबार रकमको आधारमा अरुण भ्याली हाइड्रोपावर, युनाईटेड मोदी हाईड्रोपावर, अपी पावर, नेशनल हाईड्रोपावर, अपर तामाकोशी लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा नबिल ब्यालेन्सड फण्ड, अरुण भ्याली हाइड्रोपावर, युनाईटेड मोदी हाईड्रोपावर, नेशनल हाईड्रोपावर, अपी पाव लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।
आज ९ कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज नेशनल हाईड्रोपावर, राष्ट्रिय बिमा कम्पनी, फस्ट माईक्रोफाइनान्स, अपी पावर, अरुण काबेली पावर, छयाङ्दी हाईड्रोपावर, पाँचथर पावर कम्पनी, लिवर्टी इनर्जी कम्पनी, सानिमा लाईफ इन्स्योरेन्स कम्पन् कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । यी सबै कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन ।
आज सबै भन्दा धेरै गुमाउनेमा भने सिटिजन म्यूचल फण्ड १, रैराङ् हाईड्रोपावर, एनआईसी एशिया ग्रोथ फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २, एनआईसी एशिया ब्यालेन्सड फण्ड लगायतका कम्पनीका लगानीकर्ताहरुले परेका छन
आज भएको कारोबारमा १७१ कम्पनी लागनीकर्ताले कमाउदाँ १२ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने २ कम्पनीको सेयर मूल्यमा कुनै पनि फेरबदल भएको छैन ।