प्रभु इन्स्योरेन्सको संस्थापक सेयर पुस ७ गतेदेखि लिलाम बिक्री, प्रतिसेयर मूल्य कति ?
प्रभु इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको सेयर बिक्री गर्नै भएको छ । कम्पनीले संस्थापक समूहको ७ लाख ३५ हजार कित्ता सेयर लिलामी बिक्री गर्न लागेको हो। सो सेयर खरिदका लागि लगानीकर्ताले पुस ७ गतेदेखि २१ गतेसम्म आवेदन दिन सक्नेछन्। सो शेयरमा योग्य व्यक्ति, कम्पनी, संघ, संस्था, बैंक तथा वित्तीय संस्थाहरुले आवेदन दिन सक्नेछन्।
शेयरको न्यूनतम मूल्य ३२२ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरि पेश गर्नुपर्नेछ। साथै, लगानीकर्ताले न्यूनतम २५ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढी शेयर खरिद गर्नका लागि १० अंकले भाग जाने अंकमा अधिकतम सबै कित्ताका लागि आवेदन दिनुपर्नेछ।इन्स्योरेन्सको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।यस अघि (मंसिर २१ गतेदेखि २८ गतेसम्म) पनि इन्स्योरेन्सले सो शेयर प्रतिकित्ता न्यूनतम ३५० रुपैयाँमा लिलाम बढाबढ प्रक्रियाबाट बिक्री खुला गरेको थियो।