झन्डै ६ करोड कित्ता आईपीओ आउँदै, कुन कम्पनीको कति ?
यतिबेला आईपीओ निष्कासनको लहर चलेको छ । विभिन्न १७ कम्पनीले ५ अर्ब ८१ करोड रुपैयाँ बराबरको ५ करोड ८१ लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गर्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्। तत्काल बोर्डबाट अनुमति पाई प्रभु लाइफ इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, समाज लघुवित्त, रिलनयन्स लाइफ इन्स्योरेन्स, माउन्टे इनर्जि, यूनाइटेड इदि मर्दि कम्पनीले आईपीओ निष्कासन गरेको हुन् । त्यस्तै, चन्द्रागिरि हिल्स कम्पनीले सर्वसाधारणको लागि आगामी साता आईपीओ बिक्री गर्दैछ भने, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले बोर्डबाट ८ अर्ब रुपैयाँको आईपीओ निष्कासनको अनुमति पाएको छ । बैंकले उक्त आईपीओ आगामी दुई महिना भित्र बिक्री गर्नुपर्ने हुन्छ । सोही आईपीओ निष्कासनको मिति तय गर्ने चटारोमा छ बैंक। यतिबेला बोर्डमा आइपिओ निष्कासनको अनुमति माग गर्नेमा अधिकांश जलविद्युत कम्पनी रहेका छन् भने केही इन्स्योरेन्स कम्पनी र लघुवित्त रहेका छन् ।
यी हुन् आईपीओ निष्कासनको अनुमति माग गर्ने कम्पनीहरुः
साहस उर्जा
साहस उर्जा लिमिटेडले सार्वसाधारणलाई आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले चुक्ता पुँजी ३ अर्ब ५० करोडको ३० प्रतिशतले हुन आउने १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासनको लागि बोडसँग अनुमति मागेको हो । जसमध्ये ३५ करोड स्थानिय बासिन्दा तथा ७० करोड सामुहिक लगानी कोष, कर्माचारी र सर्वसाधारणको लागि छुट्टयाएको छ । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल एसक्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीले ८६ मेवा क्षमताको सोलु खोला (दूधकोशी) जलविद्युत् आयोजना निमार्ण गरिरहेको छ । साहस ऊर्जा लिमिटेडले जारी । कम्पनीले सोलु खोला (दूधकोसी) जलविद्युत् परियोजना निर्माण गरिरहेको छ । उक्त नदीमा ८६ मेगावाटको सोलुखोला जलविद्युत् आयोजना निर्माण भइरहेको छ । परियोजनमा जम्मा लगानी ११.८६ अर्ब रुपैयाँ छ । परियोजनामा नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाइमा नौ वटा बैंक तथा वित्तीय संस्थाबाट ८.६५ अर्ब रुपैयाँ लगानी भएको छ ।
ज्योति लाइफ इन्स्योरेन्स
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ६६ करोड बराबरको ६६ लाख कित्ता आईपीओ विक्री गर्न मंसिर १९ गते नियामक बोर्डमा निवेदन पेश गरेको हो । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । हाल कम्पनीको संस्थापकतर्फबाट मात्र चुक्ता भएको पूँजी १ अर्ब ५४ करोड रहेको छ । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब २० करोड पुग्नेछ ।
न्यादि हाइड्रोपावर
न्यादि हाइड्रोपावर कम्पनीले मंसिर १० गते (बुधबार) ४० लाख ५० हजार कित्ता आईपीओ विक्री गर्न मंसिर १९ गते नियामक बोर्डमा निवेदन पेश गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणको लागि जारी पूँजीको २७ प्रतिशत ४० करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ । कम्पनीले निष्कासन गर्ने आइपिओ मध्ये १० प्रतिशतले हुन आउने १५ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका नागरिकलाई र २ प्रतिशतले हुने ३ लाख कित्ता शेयर संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुलाई निष्काशन गर्नेछ । त्यस मध्ये बाँकी १५ प्रतिशत अर्थात २२ करोड ५० लाख रकम बराबरको २२ लाख ५० हजार कित्ता शेयर मध्ये ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता साधारण शेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ४५ हजार कित्ता साधारण शेयर कम्पनीका कर्मचारीलाई छुट्टाएको छ ।त्यसमा बाँकि रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणलाई निष्काशन हुनेछ । कम्पनीले शेयर निष्काशन तथा बिक्रीकर्ता ग्लोवल आइएमई क्यापिटल रहेको छ ।
महिला लघुवित्त
महिला लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता आइपिओ निष्काशन गर्ने अनुमति मागेको छ । लघुवित्त संस्था मंसिर ३ गते ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपिओ निष्कासनको अनुमति माग्दै सेबोनमा निवेदन पेश गरेको हो । लघुवित्तले निष्कासन गर्ने आइपिओ बिक्री खुल्ला तथा निष्काशन प्रबन्धकको जिम्मेवारी नेपाल एसबिआई मर्चेण्ट लिमिटेडले पाएको छ ।
हिमालयन हाइड्रोपावर
हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल कार्तिक २७ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम जनता क्यापिटल लिमिटेडले गर्नेछ ।
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल माघ १ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।
शुभम पावर
शुभम पावर लिमिटेडले ५ लाख ८० हजार ५ सय ८० कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७५ साल भदौ २७ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिबिआइएल क्यापिटल लिमिटेडले गर्नेछ ।
तेह्रथुम पावर कम्पनी
तेह्रथुम पावर कम्पनी लिमिटेडले १२ करोड रूपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत असोज १३ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।
मध्यभोटेकोशी जलविद्युत् कम्पनी,
मध्यभोटेकोशी जलविद्युत् कम्पनीले १ अर्ब ५० करोड रूपैयाँ बराबरको १ करोड ५० लाख कित्ता कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत माघ ७ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।
सिबिआइएल क्यापिटल
सिबिआइएल क्यापिटल लिमिटेडले ३ करोड रूपैयाँ बराबरको ३ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७५ साल वैशाख १९ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग लिमिटेडले गर्नेछ ।
डिस मिडिया नेटवर्क
डिस मिडिया नेटवर्क लिमिटेडले २३ करोड ८५ लाख रुपैयाँ बराबरको २३ लाख ८५ हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासनको तथा बिक्री खुल्ला गर्नको लागि २०७७ साल असार ३० गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।
रु रु जलविद्युत
रु रु जलविद्युत कम्पनी लिमिटेडले ८ करोड ९६ लाख रुपैयाँ बराबरको ८ लाख १५ हजार कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७७ साल असार २५ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।
ग्रीनलाइफ हाइड्रोपावर कम्पनी
ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल वैशाख ९ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।
सिंगटी हाइड्रो इनर्जी कम्पनी
सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले ४३ करोड ५० लाख रूपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल भदौ २० गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।
मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड
मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण शेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७४ असोज २० गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।
सिइडिबी हाइड्रो डेभलपमेन्ट कम्पनी
सिइडिबी हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ लाख १८ हजार २ सय ३० कित्ता साधारण शेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७४ साल असार २७ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।
इमर्जिङ्ग नेपाल
इमर्जिङ्ग नेपाल लिमिटेडले ५ लाख कित्ता साधारण शेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल जेठ २३ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ ।