सूचीकृत कम्पनीहरुलाई नवीकरण शुल्क बुझाउन नेप्सेको आग्रह
७ आश्विन २०७८, बिहीबार १४:२२
७ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुलाई नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सेले धितोपत्र सूचीकरण नियमावली, २०७५ अनुसार आर्थिक वर्ष २०७८/७९ को वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको हो ।त्यस अनुसार असोज मसान्तसम्ममा नेप्सेमा सूचीकृत कम्पनीहरुले नवीकरण शुल्क बुझाउनु पर्नेछ ।
तोकिएको समयमा नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने साथै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ अनुसार सूचीकरण स्थगन गर्न सकिने नेप्सेले जनाएको छ ।
यस्तो छ कम्पनीहरुको लाग्ने शूल्कः