नबिल बैंक र गल्छी गाउँपालिकाबीच दिगो बैंकिङको लागि साझेदारी

८ आश्विन २०७८, शुक्रबार १२:००

८ असोज, काठमाडौं । नबिल बैंकले धादिङ जिल्लाको गल्छी गाउँपालिकामा वित्तिय साक्षरता तथा अभिमुखीकरणको लागि सम्झौता भएको छ । त्यसपश्चात गरी गाउँपालिकासँग दिगो बैंकिङ अन्र्तगत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरको हो ।

गल्छी गाउँपालिकामा नबिल बैंकका बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ र गाउँपालिकाको अध्यक्ष कृष्णहरी श्रेष्ठले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त साझेदारी मार्फत गाउँपालिकाहरुले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रमरतालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रमरतालिमहरुमा वित्तिय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *